गायीका मिना राई ‘पूर्व पाँचथर’ देखि आईपुगीन ‘चिसापानी बजार’

Halesi Khabar
0 Shares

हलेसी खबर
खोटाङ, ४ पुस । नेपाली गीत संगीतमा संघर्षरत मिना राई सुनिरहन मनलाग्ने गायीकाको नाम हो । निकै लामो दुःख र संघर्ष झेलेर निरनतर संगीतको दौडाहामा निस्केकी गायीका मिना राई गायन अलवा लेखन र ट्युनिङको कामपनि थोरबहुत गर्दै आएकी छन् ।

उनै संघर्षशिल गायीका मिना राईले कोरोना कहरपछि दुईवटा गीत आफ्ना श्रोताको विचमा ल्याएकी छन् । भर्खरै बजारमा आएको ‘चिसापानी बजार’ उनको पछिल्लो गीत हो । स्थापित गायक तथा संगीतकार कृष्णभक्त राईको साथमा ‘चिसापानी बजार’ बजारमा आएको हो ।

यस अघि असोज अन्तिममा उनि ‘पूर्व पाँचथर’ मा थिईन् । याने की पूर्व पाँचथर बोलको गीत लिएर आफ्ना दर्शक श्रोता सामु उनि आएकी थिईन् । गायिका राईले आफनै संगितमा ‘पूर्व पाँचथर’ बोलको पूर्वेली गीत सार्वजनिक गरेकी हुन् ।

उनको पछिल्लो ‘चिसापानी बजार’ बोलको गितको रचना दुर्गा बान्तावा राईले गरेका हुन् । दुर्गा बान्तवा राई अफिसियल युटुबमार्फत सार्वजनिक गरिएको गीतको निर्माण समेत दुर्गाबहादुर राईकै रहेको छ । निकेश राईको सगीत र कृष्ण भक्त राईको सगीत सम्योजन रहेको गीतको भिडियोमा दुर्गा बान्तवा राईको निर्देशन, मनोज राईको छायाँकन र सम्पादन रहेको छ ।

यस्तै यस अघिको ‘पूर्व पाँचथर’ भने आयुष लावतीको रचना रहेको थियो । यस गीतमा उनलाई भैरव लिम्बुले गाउन साथ दिएका थिए । भर्जिन भ्वाईस रेकर्डिङ स्टडियोमा रेर्केड गरिएको हो । संगीत संयोजन कृष्ण भक्त राईले गरेका थिए । भिडियोको छायाँकन र सम्पादन गंगाराम राईले गरेका हुन ।

चिसापानी बजार सुन्न तल क्लिक गर्नुुहोस…

https://www.youtube.com/watch?v=j_H1-af3mds&feature=share&fbclid=IwAR3FhH-GcI8ww5C9XrmnO1zCYc1Aj6cnunwSWKSyiImfuBb_sGjLFJ2ORxY

तपाईको प्रतिक्रिया