खोटाङमा जनता समाजवादीले मुख खोल्यो

Halesi Khabar
0 Shares

हलेसी खबर

खोटाङ, ८ पुस । खोटाङमा जनता समाजवादी पार्टी नेपालले संसद विघटनको विरुद्ध मुख खोलेको छ । केन्द्रिय समितिको पुर्वघोषित कार्यक्रम अनुशार खोटाङको दिक्तेलबजार र हलेसी तुवाचुङमा प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्का शव्दमा नारावाजी गर्दै सरकारको विरोधमा पहिलो चोटी मुख फोरेको हो ।

दिक्तेल बजारमा भएको विरोध ¥यालि पार्टी कार्यालय हेलिप्याडबाट सुरु भएको थियो । बिरोध जुलुस पुरानो बेसक्याम्प, संगमपार्क, रत्नपार्क हुँदै फर्किएर त्रिबेणीचोकमा टुंगिएको थियो ।

रत्नपार्कमा जनता समाजवादी पार्टीका प्रदेश समिति सदस्य मोहन गुरुङ र त्रिबेणीचोकमा भएको कोणसभालाई केन्द्रीय सदस्य सनबहादुर राईले सम्बोधन गरेका थिए । उनीहरुले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम अलोकतान्त्रिक, गणतन्त्र र संघीयतालाई असफल बनाउने मनसायका साथ ल्याइएको बताएका छन् ।

संसद विघटनको विरोधमा आगामी पुस १० गते राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने तथा पुस ११ गते मसाल जुलुस निकाल्ने कार्यक्रम रहेको जनता समाजवादी खोटाङका अध्यक्ष टंक थापाले बताए ।

तपाईको प्रतिक्रिया