काठमाडौँ, ९ पुस । नेपालस्थित चिनिया राजदूत हाउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित भेटवार्ता गरेका छन् । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमपछि राजदूत यान्छीको राजनीतिक भेटघाट तीव्र बनेको छ ।
प्रचण्डसितको भेटमा यान्छीले देशको पछिल्लो राजनीतिक घटनाक्रम र नेकपामा देखिएको राजनीतिक फुटका सम्बन्धमा कुराकानी भएको स्रोतले बताएको छ । यान्छीले दुई दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीसित पनि भेटघाट गरेका थिए ।
नेकपा अध्यक्ष प्रचण्ड र राजदुत यान्छीबीचको भेटवार्तालाई राजनीतिक बृत्तमा निकै महत्वका साथ हेरिएको छ ।