काठमाडौँ, ९ पुस । सत्तारुढ नेकपामा देखिएको आनत्रिक मतभेद फुटको अवस्थामा पुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा र पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालको अर्को समूह बनेको छ । दुबै समूहमा नेताहरुको तानातान देखिएको छ ।
संसद विघटनपछि ४ दिनसम्म मौन रहेका गृहमन्त्री राम बहादुर थापा बादल एक्लै ओली समूहमा पुगेका छन् । उनको समूहमा रहेका अन्य नेता प्रचण्ड माधव समूहमा रहेपनि बादल ओली समूहमा गएका हुन् ।
बादल बालुवाटार गएसँगै उनका राजनीतिक सल्लाहकारसमेत पूर्वमाओवादीका नेता सूर्य सुवेदीले बादलको साथ छाडेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत साथ छाडेको बताएका छन् ।