ओली समूहले तोक्यो चार प्रदेशमा नयाँ संयोजक, अध्यक्षबाट प्रचण्डलाई हटाइयो

Halesi Khabar
0 Shares

हलेसी खबर

काठमाडौं, ९ पुस । नेकपा ओली समुहको केन्द्रिय समितिको बैठकले चारवटा प्रदेशमा प्रचण्ड माधव पक्षीय नेताहरुलाई हटाएर नयाँ संयोजक तोकेको छ । बालुवाटारमा बिहीबार बसेको ओली समूह बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट पनि हटाएको छ ।

उक्त बैठकले प्रचण्ड–नेपाल पक्षका प्रदेश इन्चार्जलाई समेत हटाएर नया संयोजक तोकिएको छ । यसअघि प्रदेश १ का इन्चार्ज रहेका भीम आचार्यलाई हटाएर उनको ठाउँमा सुवास नेम्वाङलाई संयोजकको जिम्मा दिईएको छ । यस्तै प्रदेश २ मा सत्यनारायण मण्डल नै कायम रहेका छन् । उनी ओलीनिकट नै रहेका ले उनलाई भने हटाईएको छैन ।

यसैगरी बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई नया जिम्मेवारी दिइएको छ । अष्टलक्ष्मि शाक्य प्रचण्ड माधव पक्षमा रहेकी छन् । गण्डकीमा पृथ्वीसुब्बा गुरूङ र लुम्बिनीमा शंकर पोखरेल इन्चार्ज रहेका छन । यी दुई मुख्यमन्त्री ओली समुहमा रहेका छन् । कर्णालीका इन्चार्ज जनार्दन शर्मालाई हटाएर मणि थापालाई प्रदेशको जिम्मा दिइएको छ । थापा भने पूर्वमाओवादी समूहबाट ओली समुहमा पुगेका हुन् । यस्तै सुुदूर पश्चिममा इन्चार्ज रहेका भीम रावललाई हटाएर लेखराज भट्टलाई संयोजक तोकिएको छ । उद्योग मन्त्री भट्ट पनि पहिला माओवादी रहेका थिए ।

यस्तै जनवर्गीय संगठनको मोर्चामा रहेका जनार्दन शर्मालाई हटाएर टोपबहादुर रायमाझीलाई संयोजक बनाइएको छ भने काठमाडौं उपत्यका समन्वयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलले पाएका छन् ।

यस्तै पूर्वमाओवादी समुहबाट सरकारको गृहमन्त्री रहेका रामबहादुर थापा बादल ओली समुहमा पुगेका छन् । उनि सँगै हरीबोल गजुरेल समेत ओली समुहको बैठकमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया