नेकपा प्रचण्ड माधव पक्षद्धारा संसद् विघटनविरुद्ध सशक्त आन्दोलनको घोषणा (संघर्षका कार्यक्रम सहित)

Halesi Khabar
0 Shares

हलेसी खबर

काठमाडौं, ९ पुस । प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको संसद् विघटनका विरुद्ध नेकपा प्रचण्ड–माधव पक्षले सशक्त आन्दोलन गर्ने घोषणा गरेको छ । बहिबार केन्द्रीय समिति बैठक बसेर संघर्षका कार्यक्रम घोषणा गर्दै आन्दोलनलाई शसक्त बनाउने निर्णय गरेको छ ।

केन्द्रिय समितिको बैठकले भोलि १० गते शुक्रबार पुसदेखि २५ गते पुससम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठल जानकारी दिए । उनले आन्दोलनका लागि संघर्ष समिति समेत गठन भएको जानकारी दिएका छन् ।

उनले पुस १० गते बिहान १० बजे सबै केन्द्रीय कमिटी सदस्य माइतीघरमण्डलामा उपस्थित हुने र प्रदर्शन गर्ने तय भएको जानकारी दिए । त्यसपछि सोही टोली निर्वाचन आयोगमा जाने तय भएको छ भने शुक्रबार नै २ बजे पत्रकार सम्मेलन राखिएको छ ।

यस्तै ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भनिएको छ । पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ भने राजधानीमा थप सशक्त प्रदर्शन गर्ने आन्दोलनको कार्यक्रम रहेको छ ।

यस्तै पुस २० गतेसम्म सबै नगर, गाउँपालिकामा पार्टीको बैठक र भेला हुने केन्द्रिय समितिले घोषणा गरेको छ भने २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला आयोजना हुने जनाईएको छ ।

यस्तै दोस्रो चरणमा अझै सशक्त र नेपाल बन्दसम्मका कार्यक्रम संचालन गर्ने तयारी रहेको जनाईएको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा १००१ सदस्यीय आन्दोलन परिचालन समिति गठनको प्रस्ताव गरिएको छ ।

तपाईको प्रतिक्रिया