हलेसी खबर
काठमाडौं, १० पुस । गएको मंगलबार शुरु भएको नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक पुस १९ गते सम्मलाई स्थगित भएको छ । केन्द्रीय समितिको बैठक पुस १९ गते दिउँसो १ बजे सम्मका लागि स्थगित भएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
शुक्रबार सम्म बसेको कांग्रेसको बैठकले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा एक साथ सरकारको विरुद्ध प्रदर्शन गर्ने यसअघि नै निर्णय गरिसकेको छ । पुस १६ गते मेलमिलाप दिवसमा जिल्ला कार्यसमितिहरूले कार्यक्रम गर्ने कांग्रेसको तयारी रहेको छ ।
गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि उक्त कदम असंवैधानिक भन्दै कांग्रेसले आन्दोलन गर्न लागेको जनाएको छ । अब सडकमा आन्दोलन गर्नकै लागि अहिले केन्द्रीय समिति स्थगित गरिएको कांग्रेसले जनाएको छ । कांग्रेसभित्र तत्काल आन्दोलनमा जाने कि अदालतको आदेश पर्खने भन्नेमा भने नेताहरूबीच मतभेद रहेको संचारमाध्यामहरुमा जनाईएको छ ।