काठमाडौँ, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत आइतबार सात मन्त्रीले सामूहिक राजीनामा दिएपछि खाली भएको मन्त्रालयलाई समेटेर ओलीले मन्त्रिपरिषद् विस्तार तथा पुनः गठन गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले आठ जना नयाँ अनुहार थपेर मन्त्रिपरिषद पुनः गठन गर्न लागेका छन् । विस्तारित मन्त्रिपरिषद्मा पूर्वमाओवादीतर्फका धेरैलाई समेट्न लागिएको बालुवाटार स्रोतले जनाएको छ ।
पूर्वमाओवादीबाट टोप बहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा तामाङ मन्त्रीको सूचीमा छन् । त्यस्तै पूर्व एमालेबाट प्रेम आले, गणेश ठगुन्ना, कृष्ण कुमार श्रेष्ठ र विमला विकको नाममा छलफल भएको छ ।
उनीहरुको टुङ्गो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ । नागरिक खबरबाट साभार