प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद विस्तार

Halesi Khabar
0 Shares

हलेसी खबर

काठमाडौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहमा आवद्ध हुन पुगेका माओवादी नेताहरुलाई यसअघि रिक्तरहेको मन्त्रि पदमा नियुक्ती गरिएको हो ।

जसअनुसार श्रममन्त्रीको जिम्मेवारी प्रभु साहलाई दिइएको छ । यस्तै पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिइएको छ ।

यस्तै, टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय दिएको बुझिएको छ । यी मध्ये गौरीशंकर चौधरी बाहेक सबै पूर्व माओवादी खेमाबाट नेकपामा सामेल भएका थिए । यसअघि यता कि उता गरिरहेका उनिहरुलाई मन्त्रि पदमा नियुक्ती गरिएको हो ।

राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण समेत गराईसकिएको छ । प्रचण्ड–माधव पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि ती मन्त्रालयहरु खाली रहेका थिए ।

यसअघि नेकपा विवाद पछि केही मन्त्रिहरुले राजीनामा दिएका थिए । उनिहरुले नेकपा (प्रचण्ड माधव) पक्षलाई सहयोग गर्दै मन्त्रिपदबाट राजीनामा दिएका हुन् ।

 

तपाईको प्रतिक्रिया