खाेटाङमा जसपाकाे अान्दाेलनमा प्रहरी हस्तक्षेप

Halesi Khabar
0 Shares

हलेसी खबर
खाेटाङ,११ पुस। जनता समाजवादी पार्टी खाेटाङले शनिवार साँझ निकालेकाे मसाल जुलुसमा प्रहरीले प्रशासनले हस्तक्षेप गरेकाे छ। प्रधानमन्त्री केपी अाेलीले गरेकाे संसद विघटनकाे विरुद्ध गरेकाे प्रदर्शनमा प्रशासनले हस्तक्षेप गरेकाे हाे।

दिक्तेल बजारकाे किरात चाेकदेखि निकलिएकाे मसाल जुलुस संगमपार्कमा जाँदै गर्दा प्रहरीले हस्तक्षेप गरेकाे जनता समाजवादी पार्टी खाेटाङले जनाएकाे छ। मसाल जुलुसमा सहभागी अाफ्ना अाधा दर्जनबढी कार्यकर्तालाई प्रहरीले धरपकड गर्ने प्रयास गरेकाे जनाईएकाे छ।

उनिहरुले प्रहरीले विद्यार्थी नेता प्रकाश राई, पार्टी नेतृ वसन्ति राई लगायतकाे नेता तथा कार्यकर्तामाथी बल प्रयाेग भएकाे जसपा खाेटाङले जनाएकाे छ।

तपाईको प्रतिक्रिया