हलेसी खबर
खोटाङ, १२ पुस । विवादको चरमोत्कर्षमा पुगेर पार्टी विभाजनको औपचारिक घोषणा हुन बाँकी हुँदा प्रधानमन्त्री केपी ओलीको समर्थनमा दिक्तेल बजारमा प्रदर्शा गरिएको छ । फरक फरक मञ्च प्रयोग गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहले ओलिको कदमलाई समर्थन गर्दै दिक्तेल बजारमा मोटर साईकल ¥याली भएको गरेको हो ।
ओलि पक्षिय नेता कार्यकर्ताहरुले दिक्तेल किरात चोक देखि मोटरसाईकल ¥यालि निकालेका हुन् । दिक्तेल किरातचोक, रत्नपार्क हाटडाँडा हुँदै अगाडि बढेको ¥यालि जिल्ला प्रशासन परिसरमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा नेकपाका जिल्ला कार्यालय सदस्य कुमार आचार्य लगायतले सम्बोधन गरेका छन् । नेताहरुले पार्टी विभाजन गर्न कित्ता काट गरेकोबारेमा दुखेसो व्यक्त गरेका छन् । जनताले दिएको समय अवधि सम्म काम गर्ने वातावरण दिन नसक्दा यस्तो परिस्थिती सिर्जना भएको उनको भनाई रहेको थियो ।
यस्तै समर्थन सभामा बोल्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिप नारायाण रिजालले पार्टी विभाजनको अवस्था प्रचण्ड माधव समुहको कारणले सिर्जना भएको बताएका छन् । यस्तै नेकपा हलेसी तुवाचुङ नगर कमिटि अध्यक्ष सुरेन्द्र राईले नेकपा विभाजनको दोष फुटाएर जाने माधव प्रचण्डले लिनुपर्ने तर्क गरेका छन् । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर लगायतले बोलेका थिए ।
कार्यक्रम नेकपाको ब्यानरमा केपि ओलीको फोटो राखेर घुमाईएको थियो । भने तत्कालिन एमालेको ‘सहिपनि एमाले मैपनि एमाले’ चुनावी गित घन्काईएको थियो । कार्यक्रममा सहभागी केही कार्यकर्ताले भने नेकपाको कार्यक्रममा एमालेको गित बजाउँदा अनौठो लागेको प्रतिकृया दिएका छन् ।