हलेसी खबर
खोटाङ १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक तथा प्रतिगामी कदम रहेको भन्दै जनता समाजवादी पार्टीले विरोध ¥यालि निकालेको छ । ओलिले चालेको संसद विघटनको खेल नेपालको संविधानले दिएको अधिकार भन्दा बाहिर भएको ¥यालि पछि कोण सभाहरुमा बोल्ने जसपाका नेताहरुले बताएका छन् ।
ओलि सरकारको निरंकुश तथा तानशाही कदमलाई जनताले सडकबाट पराजित गर्नु पर्ने कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले बोलेका छन् । उनिहरुले राष्ट्रपतिको गरिमा विद्यादेवि भण्डारीले कायम गर्न नसकेकोपनि बताएका छन् । कार्यक्रममा बोल्दै नेताहरुले राष्ट्रपति सिँगो मुलुकको अभिभावक हुनुपर्नेमा कुनै व्यक्ति सत्ता जोगाउने कठपुतली बनेको बताए ।
दिक्तेल बजार निरन्तर विरोध प्रदर्शन गर्दै आएको जसपाले आन्दोलनको चौथो दिन ¥यालि तथा कोण सभाको आयोजना गरेको थियो । ओली कदमको विरोधमा चरणवद्द आन्दोलन गर्दै आएको जिल्ला कमिटीले हेलिप्याड नजिकै रहेको पार्टी कार्यालयवाट नारावाजीसहितको जुलुस शुरु गरी भवनगैरा, हस्पिटलचौक, हाटडाँडा, त्रिवेणी चोक, बेसक्याम्प हुँदै रत्नपार्कसम्म बिरोध जुलुस निकालेका थिए ।
जुलुसको क्रममा विभिन्न स्थानमा गरिएको कोणसभामा जसपाका केन्द्रिय नेताहरु मदन राई, डा. कृष्णकुमार(केके)राई, रमेश राईलगायतले सम्वोधन गरेको जिल्ला अध्यक्ष टंक थापाले जानकारी दिएका छन् ।
यस अघि शनिबार राती जसपाले मसाल जुलुस प्रदर्शनका क्रममा शसस्त्र प्रहरीले हस्तक्षेप गरेको विषयमा समेत विरोध जनाईएको छ । जनताले शान्तिपूर्ण तवरमा विरोध गर्न पाउने आफ्नो अभिमत राख्न पाउने अधिकारमाथी प्रहरी प्रशासनले प्रहार गरेको उनिहरुको भनाई रहेको छ ।