हलेसी खबर
खोटाङ, १२ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति खोटाङले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै २२ सुत्रिय मागहरु पेश गरेको छ । प्रधानमन्त्रीको असंवैधानिक शिफारिसमा राष्ट्रपतिद्धारा प्रतिनिधी सभाको विघटन पश्चात देश अत्यन्त गम्भिर संकट फसेको भन्दै ज्ञापन पत्र बुझाईएको हो ।
ज्ञापन पत्रमा कोभिड–१९ को माहामारी नियण्त्रण, महंगी, बेरोजगारी समस्या समाधान, भ्रष्टाचार नियन्त्रण र धर्म परिर्वतन रोक्न सरकार असफल भएको बताईएको छ । २२ वटा फरक फरक बुँधाहरुमा विभिन्न मागहरु समेत समेटेर प्रमुख जिल्ला अधिकारीलाई बुझाईएको राप्रपाका नेता ललित राईले जानकारी दिएका छन् ।
ज्ञापन पत्रमा सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र राजसंस्था पुनस्थापनाको पक्षमा राप्रपा आन्दोलनमा जाने तयारीमा रहेको उल्लेख गरिएको छ । उनिहरुले ज्ञापनपत्रलाई प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रि तथा मन्त्रि परिषदको कार्यलयमा पु¥याईदिन आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले भने आफुले सो ज्ञापनपत्रलाई आईतबार नै पठाईने प्रतिवद्धता गरेका छन् ।