हलेसी खबर
खोटाङ, १२ पुस । केन्द्रमा विवाद बढेर नेकपामा अनौपचारिक विभाजन देखिएपछि खोटाङमा पनि यसको असर देखिन थालेको छ । खोटाङ नेकपाको अध्यक्ष र सचिव सहित बहुमत सदस्यहरु प्रचण्ड माधव पक्षमा लाग्ने निश्चित देखिएको छ । नेकपामा क्रियाशिल जिल्ला नेताहरुमध्ये बहुमत नेतृत्व प्रचण्ड माधव समुहमा लाग्ने भएपछि ओली समुहले भने जिल्ला संगठन विस्तारको योजना निर्माण गर्न थालेको बुभिएको छ ।
नेकपा ओली समुह निकट श्रोतका अनुसार वर्तमान नेकपाको जिल्ला अध्यक्ष र सचिव लगायत अधिकांस कार्यलय सदस्य र सचिवालय सदस्य नेताहरुले प्रचण्ड माधव खेमामा रहने भएको बुझिएको हो । जिल्लाको शिर्ष नेतृत्वदेखि जिल्ला सह–इन्चिार्जहरुको सबै लर्को प्रचण्ड माधवको लाईनमा रहेपछि ओलीको लाईनमा इन्चार्ज विशाल भट्टराई रहने छन् । भट्टराईसँग जिल्लाको नेतृत्वमा देव विक्रम राई, कुमार आचार्य, दिपनारायण रिजाल, सुरेन्द्र राई, चर्च विक, दिलचक्र राईहरु लागेको देखिन्छ ।
यस्तै हरि पोख्रेल, कर्ण घलेलाई ओली समुहले भर्खरै केन्द्रिय सदस्य बनाएकाले जिल्लाबाट ३ जना केन्द्रिय सदस्य रहने छन् । जिल्ला बाहेक केन्द्रमा रहेर युवा राजनीति गरिरहेका रमेश पौडेलपनि नेकपाको केन्द्रिय सदस्य बनेका छन् । जनताको तहमा सूर्य चिन्हको आशापालेर नखुलेका केही कार्यर्ताहरु बाहेक ओलि समुह त्यति धेरै मजवुद जस्तो देखिदैन । यस्तो अवस्थमा नेकपा ओली समुहले भित्र भित्रै आफ्नो संगठनको फर्मेशन तयार पार्न थालेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार जिल्ला पार्टी कमिटिको अध्यक्षमा दिप नारायण रिजाल नेर्पा , सचिवमा सुरन्द्रकुमार राई च्यास्मिटारलाई बनाउने कुरामा सहमती जस्तो बनेको खुलेको छ । यस्तै केही समय अगाडि प्रचण्ड माधवको पक्षमा रहेका भनिएका चर्च विक लगायतका व्यक्तिहरुलाई जिल्लाको तहको राम्रै पदमा ल्याईने गरी ओली समुहमा खुलाईएको समेत श्रोतको दाविछ । यूवा विद्यार्थीमा समेत ओली समुहको उपस्थिति कमजोर नै रहेकाले पनि अझै थप कोशिसहरु भईरहेको ओली निकट श्रोतले बताएको छ ।
स्थानीय तहहरुले भने आफुलाई अहिले नै खुल्न गारो भएको भन्दै आएका छन् ।