हलेसी खबर
खोटाङ, १३ पुस । केपी ओली सरकारले चालेको संविधान विघटनको कदम सर्वसत्तावादको पराकाष्टा भएको नेपाली कांग्रेस खोटाङका नेताहरुले आरोप लगाएका छन् । कांग्रेसले देशव्यापी गरेको विरोध कार्यक्रम अन्तर्गत खोटाङमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन ।
ओलि सरकार सर्वसत्तावादी अहंकार सहित भ्रष्टाचारमा लागेका उनिहरुको आरोप छ । संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भएको बताउँदै नेताहरुले यस्तो प्रतिगामी बाटो भएको उनिहरुको भनाई रहेको छ ।
संसद विघटनको बिरोधमा जुलुस निकालेको खोटाङ कांग्रेसका नेताहरुले दिक्तेलबजारमा प्रधानमन्त्री तथा राष्ट्रपति विरुद्ध चर्को नारावाजी समेत गरेका छन् । पार्टी कार्यालयबाट सुरु भएको बिरोध ¥याली सल्लेरिटोल, त्रीवेणी चोक, बैंक चोक ,भानु चोक हुँदै त्रीवेणी चोक आएर कोण सभामा परिणत भएको थियो ।
कोण सभामा बोल्दै कांग्रेस महासमिती सदस्य रविप्रकाश राईले भने जनताको पसिनाको रकम बाट खर्चिएर संविधान बनाउन नेकपालाई स्प्स्ट बहुमत दिएको तर मतको अपमान गरेको बताएका छन् । कोणसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम अलोकतान्त्रिक, जनताको हित विपरित रहेको भन्दै ओली सरकारले अधिनायकवाद लागु गर्न खोजेको कांग्रेस खोटाङका पूर्व पार्टी सभापती तथा महासमिती सदस्य बिष्णु राईको भनाई रहेको थियो ।
कांग्रेस महासमिती सदस्य सुबास पोख्रेलले कम्युनिस्टलाई बहुमत नदिन जनतालाई आफुहरुले पहिले नै सजग गराएको तर दुई तिहाई बहुमत दिए पछि जनतालाई दुखदिने काम बाहेक केही उपलब्धि नभएको बताए । भ्रष्टाचार र अनियमितता हरेक स्थानीय तहमा व्यापक भएकाले त्यसलाई कांग्रेस सरकारमा पुगेपछि प्रत्येक पाना पल्टाएर छानविन गरिने उनको भनाई रहेका थियो ।
क्म्युनिस्टालाई बहुमत दिए सर्बसत्ताबाद हुने, अधिनायकवाद लागूगर्ने आफुहरुले भनेको स्मरण गर्दै संविधान सभा सदस्य सरस्वती बजिमयले कम्युनिस्टहरु आफुले भनेको जस्तै बनेर देखाएको आरोप लगाएकी छन् । कोणसभालाई नेपाली कांग्रेस खोटाङका जिल्ला सभाती नरेश श्रेष्ठले समापन गरेका थिए ।
https://fb.watch/2Fz8XpL1mW/