हलेसी खबर
खोटाङ, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले जिल्ला सदरमुकाम दिक्तेलमा भव्य जनप्रदर्शन गरेको छ । प्रचण्ड माधव समुहको पक्षमा दिक्तेल बजारको हेलिप्याडबाट शुरु भएको ¥याली रत्नपार्क किरात चोकसम्मको ताँती लागेको थियो ।
बजारको चोक चोकमा कोणसभा सँगै नारा जुलुस अगाडि बढेको थियो । कोण सभामा नेकपाका विभिन्न तहका नेताहरुले सम्बोधन गरेका छन् । ¥यालिको नेतृत्व गरेका नेकपा स्थायी समिति आमन्त्रीत सदस्य टंक राईले जनताको प्रतिनिधीत्व गर्ने संस्था प्रतिनिधी सभाको विघटन घोर असंवैधानीक भएको बताए । उनले केपी ओलीलाई नेता मान्नु नै गल्ति भएको भन्दै बहुमतको अधिनस्त अल्पमत भन्ने कम्युनिष्ट पार्टीको विधि विधाननै नमान्ने नेताको काम नभएको बताए ।
विगठन भएको संसद पुनस्थापना भएमा उनिहरुको निद हराम हुने उनको भनाई रहेको छ । उनले भने, ‘संसद पुनस्थापना भए राष्ट्रपतिको समेत आसन डगमगाउँ छ । ओलीको के कुरा रहयो र ।’ उनले संविधानलाई मार्ने षडयन्त्र भईरहेको भन्दै संविधान कुनै हालतमा मर्न नदिन आन्दोलन शुरु भएको बताए ।
यस्तै कोण सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य तथा खोटाङ जिल्ला सह इन्चार्ज प्रदेश सभा सदस्य राजन राईले संसद विगठन गर्नु जनताको सर्वोच्चतामा माथी दिईएको चुनौती भएको बताए । उनले अहिले संसद विगठन गरेर पार्टीलाई समेत फुटाउने हर्कत गरेका केपी ओली र उनको कदममा साथ दिने राष्ट्रपतिलाई अब जनताको साथ नरहने दावि गरे ।
नेता राईले सुर्य चिन्ह र पार्टीको आधिकारिकताका बारेमा बोल्दै निर्वाचन आयोग र नेपालको न्यायलयमा आफुलाई विस्वास रहेको बताए । अहिलेको कानुनको आधारमा चुनाव चिन्ह र पार्टी प्रचण्ड माधव समुहकै हुने उनको भनाई थियो । यहि प्रसँगमा चुनाव चिन्हमा ¥याल चुहाउनु भन्दा जनताको विस्वास जितेर देखाउन ओली समुहलाई उनले चुनौति दिएका छन् ।
यस्तै कार्यक्रममा बोल्दै नेकपा केन्द्रिय सदस्य तथा खोटाङ जिल्ला सह इन्चार्ज प्रदेश सभा सदस्य रामकुमार राई पासाङले ओलीको असंवैधानिक कदम तत्काल खारेज हुनुपर्ने बताए । उनले संसद विगठन लगायत निरनतर जनताको विपक्षीमा भएका निर्णय आफुहरुलाई अस्विकार्य रहेको बताएका छन् ।
उनले यदि ओलीले आफ्नो कदम नसच्याए जनताले सडकमा पछारेर भएपनि संसद पुनःस्थापना गरेर छाड्ने बताएका छन् । उनले भने, ‘यो कदम नसच्चिए आन्दोलन, जनआन्दोलन मात्र होईन दोस्रो जनयुद्ध गर्नै परेमा पनि तयार छौँ ।’
यस्तै नेकपा प्रदेश सदस्य तथा जिल्ला समन्वय समिति अध्यक्ष बबि चाम्लिङले ओलिले जनताले दिएको अभिमतलाई कुल्चने कुचेष्ठा गरेको भन्दै जनताको अधिकारको पक्षमा लडिरहेकाले अझै लड्न कुनै समस्या नभएको बताए । सडकबाट सिँहदरबार पुगेकाहरुले सडकलाई विर्सेपछि अब उनिहरुलाई फेरी सडकै धुलिसात बनाउन कुनै आईतबार बार्नु नपर्ने उनको भनाई थियो ।
कार्यक्रममा नेता जलसेर राई, सुरेश राई, समिता कार्की अस्मिता, खडेन्द्र राई, नरेश राई, धुर्व बुढाथोकी धिरेन लगायतले कोण सभालाई सम्बोधन गर्दै अहिले प्रधानमन्त्री केपी ओलिले चालेको असंवैधानिक कु को र राष्ट्रपति विद्या भण्डारीले गरेको स्विकृतिको कडा विरोध गरेका छन् ।