मझुवागढीमा धुमधाम साकेला उधौली

Halesi Khabar
0 Shares

हलेसी खबर

खोटाङ, १५ पुस । किराती समुदायहरूको महान तथा लोकप्रिय चाड साकेला उधौली खोटाङमा पनि धुमधामका साथ मनाईएको छ । किरात समुदायले बर्षेनी मान्दै आएको यो पर्वमा ढोल झ्याम्टाका साथ साकेला नाचेर मनाईन्छ ।

खोटाङको सदरमुकाम दिक्तेलका किरात राई समुदायले दिक्तेल नजिकै रहेको मझुवागढीमा साकेला नाचेर मनाएका छन् । मंसिर शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाउने चलन छ ।

तीन दिनअघि सुुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाउँछन् । किरात समुदायले आपूmले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् । बाली लगाउने बेलामा भने किराँत जातिमा उभौँली अर्थात यावा पर्व मनाइने प्रचलन छ ।

भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुष जातीय भेषभूषामा सजिएर ढोल झ्यम्टा तथा च्याब्रुङ बाजाको तालमा नाच्दै पर्व मनाउने चलन रहेको छ ।

 

तपाईको प्रतिक्रिया