हलेसी खबर
खोटाङ, १६ पुस । लोक आधुनिक गीतवाट जमेका जानुका राई र निश्चल राईको फेरि एकचोटी ‘उभौली मेलामा’ भेट भएका छन् । ‘झम्के मायालु’ वोलको गितबाट दरिलो परिचय बनाएका जानुका र निश्चलको जोडीको ‘उभौली मेला’ अर्को आयाम रहेको छ । किरात समुदायको चाड उधौली अवसर पारेर पुस १५ गते गीतको सार्वजानिक भएको हो ।
सुम्निमा कलेक्सन, ललितपुरले निर्माण गरेको गीतमा शब्द तथा संगीत स्वयम गायक निश्चलको रहेको छ । किराती राई साँस्कृतिक चेतवाट मार्ग निर्देशित हुँदै सोही साँस्कृतिक अभियानमा क्रियाशील गायक÷गायिकाद्वयको उक्त गीतले पनि किराती सौन्दर्यलाई नै उजागार गरेको छ । गीतमा साकेला सिली नाच्ने क्रममा साटिने मायाँ, गरिने गीति बार्तालाप, मुन्धुमी संस्कृति आदि पक्ष समेटिएको सुम्निमा कलेक्सनको निर्देशक कपिल राईको भनाई छ ।
कलाकारहरु उमेश राई(फुलन्देकी आमा), शेसुका राई, योगेन्द्र राई लगायतका कलाकारहरुको अभिनयले गीतलाई जीवन्त बनाएको किरात राई साँस्कृतिक कलाकार संघका केन्द्रीय सचिव पदम थुलुङ राईको बुझाई छ ।
विज्ञान राईद्वारा निर्देशित भिडियोमा सपना तामाङ र सागर किरातीले कोरियोग्राफ गरेका छन् । कलाकार योगेन्द्र आफ्नै सह–निर्देशनमा निर्माण गरिएको भिडियोलाई गायिका जानुका राईकै अफिसियल युट्युव च्यानल ‘जानुका राई अफिसियल’वाट सार्वजानिक गरिएको छ ।
गायनकै माध्यमवाट थुप्रै पुरस्कार तथा सम्मानका भागीदार वनिसकेकी गायिका राईको यसअघि किराती मिथकमा आधारित गीतहरु समेटिएको ‘थिबिया’ नामको गीति भिडियो एल्वमले चर्चा पाईसकेको छ । गायिका राईले किरात राई साँस्कृतिक कलाकार संघले निर्माण गरेको लगायत थुप्रै फुटकर गीतहरुमा समेत स्वराङकन गर्नुभएको छ । हाल उहाँ युकेमा रहेर पनि सांगीतिक यात्रालाई जारी राख्नुभएको छ ।
यस्तै, यलम्बर आईडल दोश्रो संस्करणको उपाधी उचाल्नका साथै गायकीकै माध्यमवाट थुप्रै पुरस्कार तथा सम्मान बटुल्न सफल निश्चलको यसअघि थुप्रै गीतहरु सार्वजानिक भईसकेको छ । यस साकेला गीतले समस्त किराती तथा गैर किरातीजनमा उर्जा दिने संस्कृतिकर्मीहरुको आँकलन छ ।
भिडियो सहित…
https://www.youtube.com/watch?v=VQP5ag-szsg