कांग्रेस खोटाङले मनायो मेलमिलाप दिवस

Halesi Khabar
0 Shares

हलेसी खबर

खोटाङ, १६ पुस । नेपाली कांग्रेस खोटाङले बिहिबार जिल्लाको विभिन्न स्थानमा मेलमिलाप दिवस मनाएको छ । कांग्रेसले ४५ औ मेलमिलाप दिवस स्थानीय नेता तथा कार्यकर्ताहरुसँग अन्तरकृया गरेर मनाएको हो ।

२०३३ साल पुस १६ गते बीपी कोइराला, गणेशमान सिंहलगायत नेता आठ वर्ष भारत निर्वासनबाट नेपाल फर्केको दिनको स्मरणमा कांग्रेसले मेलमिलाप दिवस मनाउने गरेको छ । खोटाङको सदरमुकाम दिक्तलेमा कांग्रेसका महा समिति सदस्य तथा संविधान सभाका सदस्य सरस्वती बजिमयले दिक्तेलमा पार्टी कार्यकताहरुलाई सम्बोधन गर्दै मेलमिलाप दिवस मनाएकी छन् ।

यस्तै नेपाली कांग्रेसका जिल्ला सभापति नरेश श्रेष्ठले खोटेहाङ गाउँपालिकाको लिकुवापोखरीमा पुगेर मेलमिलाप दिवस मनाएका छन् । नेपाली कांग्रेस भातृ सँस्था नेपाल तरुण दल क्षेत्रिय समितिले आयोजना गरेको महिला तथा पुरुष भलिवल प्रतियोगिताको उद्घाटन गर्दै विपिको मेलमिलाप नीतिका बारेमा स्मरण गरेका थिए । नेपाली कांग्रेस महासमिति सदस्य तथा पुर्व जिल्ला सभापति विष्णु राई लगायतका नेताहरुको सो कार्यक्रममा उपस्थिति थियो ।

यस्तै केपिलास गढी, दिप्रुङ चुईचुम्मा, बाराहा पोखरी गाउँपालिकामा समेत मेलमिलाप दिवस मनाईएको कांग्रेसले जनाएको छ । ऐसेलुखर्क, हलेसीतुवाचुङ र जन्तेढुँगामा भने कार्यक्रम हुन नसकेको स्थानीय नेताहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया