हलेसी खबर
खोटाङ, २३ पुस । नेकपा ओली समुहले खोटाङको जन्तेढुँगा गाउँपालिका चिसापानीमा प्रधानमन्त्रीको कदमको बचाउ गर्दै ¥यालि प्रदर्शन गरेको छ । जन्तेढुँगा गाउँ पालिकाको आयोजनामा निकालिएको ¥यालीमा नेकपा केन्द्रिय सदस्य तथा निवर्तमान सांसद विशाल भट्टराईले सरकारले चालेको कदम संवैधानिक भएको बताएका छन् ।
आफ्नै पार्टीभित्र बाट घेराबन्दिमा परेपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न बाध्य भएको उनको जिकिर थियो । कार्यक्रममा पुर्व सांसद पाँचकण राई (पिके), रामप्रसाद दंगाल, जन्तेढुँगा गाउँपालिका प्रमुख शंकर राई लगायतले सम्बोधन गरेका थिए ।
किरात राईहरुको साँस्कृतिक बाजा गाजासहित निकालिएको झाँकीमा सांस्कृतिक कार्यक्रम तथा मोटर साईकल ¥यालि समेत गरिएको थियो ।