हलेसी खबर
खोटाङ, २६ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा रहेको जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधरण सभा सम्पनन गरेको छ । २०४८ सालमा मासिक प्रतिव्यक्ति दुई रुपैयाँ जम्मा गरेर बनेको बचत समुहबाट शहकारी निर्माण गरिएको हो ।
२०५३ सालमा स्थापना भएको यस सहकारीले करिब ५ करोड ७४ लाख ५४ हजार ४६९ रुपैयाँ कारोबार गरेको छ । नियमित बचत गर्ने र आयमुलक काममा लगानी गर्दै जिविकोपार्जनमा टेवा पु¥याउने उद्धेश्यले स्थानीय जनसेवा समाज नेपालको पहलमा साक्षरता कक्षामा सहभागी महिलामार्फत सहकारी संस्था स्थापना गरिएको हो ।
शनिबार सहकारीको आफ्नै भवन जालपामा सम्पन्न २४ औं साधारणसभामा सहकारीको निक्षेप ३ करोड ८८ लाख ७० हजार ७७२ रुपैयाँ पुगेको जानकारी दिईएको छ । शेयर पुँजी ४४ लाख १० हजार ५५० रुपैयाँ पुगेको, ३ करोड २३ लाख ६६ हजार १५७ रुपैयाँ कर्जा लगानी गरेको र ४ करोड ५० लाख ४० हजार १ सय ५८ रुपैयाँ ऋण असुली गरेको आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ मा शेयर पुँजी एक करोड पुराउने लक्ष्यका साथ यसपल्टको ७ लाख ६१ हजार ८५ रुपैयाँ लाभांशलाई शेयर पुँजीमा रुपान्तरण गरिएको जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए । बिना धितो एक लाखसम्म ऋण उपलव्ध गराउँदै आएको सहकारीको साधारणसभामा शेयर पुँजी वृद्धिका लागि शेयर पुँजी अभिबृद्धि कार्यायोजना पास गरिएको छ ।
‘गत वर्षसम्म प्रतिशेयरको मूल्या ११४ रुपैयाँ थियो अहिले प्रतिशेयर मूल्या १२१ रुपैयाँ र्पुयाइएको छ,’ सहकारीका अध्यक्ष श्रेष्ठले भने, ‘हालसम्म प्रतिव्यक्ती एक सय कित्ता शेयर किन्नु पर्ने व्यवस्था थियो, अहिले प्रतिव्यक्ती १५० कित्ता शेयर किन्नुपर्ने व्यवस्था गरेका छौँ ।’ साधारणसभामा अध्यक्ष श्रेष्ठले सहकारीको वार्षिक प्रगती प्रतिवेदन, शेयर अभिवृद्धि कार्ययोजना र ऋण तथा वचत निती प्रस्तुत गरेका थिए ।
साधारणसभाले चालु वार्षिक वर्षको अनुमानित वजेट तथा कार्यक्रम र लेखा परिक्षण प्रतिवेदन पास गरेको छ । यस्तै, बुढेसकालको साहरा मेरो मुद्धती खाता र मेरो नानीरबावुलाई मुद्धती खाता सञ्चालन गर्ने निर्णय गरिएको सहकारीले जनाएको छ । सहकारीको साधारणसभा जालपाका वडाध्यक्ष विकास राईले उद्घाटन गरेका थिए ।
व्यापार, कृषि, पशुपालन, उद्यम, उच्च शिक्षा, प्रकोप उद्धार, घर मर्मत तथा निर्माण, काजकिरिया, उपचार लगायतका शिर्षकमा ११।५ प्रतिशतदेखि १५ प्रतिशतका दरले ऋण प्रवाह गर्दै आएको सहकारीले विभिन्न शिर्षकको बचत गर्दा ७ देखि १०।५ प्रतिशतका दरले व्याज दिँदै आएको छ ।
सहकारीले नियमित बचत, ऐच्छिक बचत, ऋण परिचालन, आवधिक बचत, स्वास्थ्य कोष, मनीट्रान्सफर लगायतका सेवा प्रवाह गर्दैआएको छ । हालसम्म जालपा, खार्मी र हौंचुरलाई कार्यक्षेत्र बनाएको सहकारीले चालु आर्थिक वर्षदेखि माक्पा र सप्तेश्वरमा समेत कारोबार सुरु गर्ने अध्यक्ष श्रेष्ठले बताए । हाल जालपा, खार्मी र हौंचुरका १०१ बचत समुहका १ हजार ३७२ शेयर सदस्य रहेको सहकारीले दैनिक ५ लाख बराबरको रेमीट्यान्स कारोबार गर्दैआएको छ ।