जसपा खोटाङको १०१ सदस्यीय सुरक्षा दल : दिक्तेल –दुर्छिम मोटर साईकल ¥याली

Halesi Khabar
0 Shares

हलेसी खबर

खोटाङ, २६ पुस । जनता समाजवादी पार्टी खोटाङले एक सय एक सदस्यीय जिल्ला सुरक्षा दल घोषणा गरेको छ । सुरक्षा दलको घोषणा सँगै सो पार्टीले दिक्तेल देखि हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिम सम्म लामाेदुरीकाे मोटरसाईकल ¥याली निकालेको छ । जिल्लामा पहिलाे पटक यति लामाेे दुरी करिब ३८ किलाे मिटर लामाे र्याली निकालिएकाे हाे।

दिक्तेल बजारको भवन गैरामा घोषणा भएको सुरक्षा दलको ईन्चार्जमा हुपबहादुर राना रहेका छन् । युवा नेता टिकाराम राई संयोजक रहेको पार्टी सुरक्षा दलको सह संयोजकका रुपमा धनिराम नछुङ, देवान राई, रामकाजी राई लगायत रहेका छन् ।

सुरक्षा दलको घोषणा लगत्तै संसद बिघटनको बिरुद्धमा ¥याली प्रर्दशन शुरु गरेको थियो । मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने दिक्तेल–हलेसी सडक खण्डमा निकालिएको ¥यालीले सडक खण्डमा पर्ने विभिन्न स्थानमा कोणसभा समेत गरेको छ । ¥यालिको शुरुवात दिक्तेलको भवनगैरामा भएको कोणसभालाई जसपाका केन्द्रिय सदस्य सुर्य राई र प्रदेश समितिका पुर्वसदस्य धनकुमार राईले संवोधन गरेका थिए ।

किरातचोकमा भएको कोणसभालाई प्रदेश समिति सदस्य सिताराम राई र संघिय विद्यार्थी युनियनका केन्द्रिय उपमहासचिव प्रकाश चाम्लिङ, नुनथलामा प्रदेश समिति सदस्य मोहन गुरुङ, विजुलेमा संघीय परिषद सदस्य कर्णबहादुर कार्की, अर्खौलेमा प्रदेश समिति सदस्य नविन राई, हलेसीमा केन्द्रिय सदस्य भीम राई र दुर्छिममा भएको कोणसभालाई सनबहादुर राईले सम्बोधन गरेका थिए ।

वक्ताहरुले असंवैधानिक तरिकाले संसद विघटन गरेको भन्दै प्रधानमन्त्री ओलीको कडा शव्दमा बिरोध गरेका छन् । ¥यालीलाई सुरक्षा दलका संयोजक टिकाराम राईले दुर्छिममा समापन गरेका थिए ।

तपाईको प्रतिक्रिया