नेकपा प्रचण्ड–नेपाल समूहले थप आन्दोलनका कार्यक्रम ल्याउने

Halesi Khabar
0 Shares

काठमाडौँ, २ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने भएको हो ।

शुक्रबारको बैठकमा आन्दोलनका थप कार्यक्रम घोषण गर्ने र माधव नेपाल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा संसद् विघटनको सिफारिस गर्ने निर्णयविरुद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपा आन्दोलित छ ।

संसद् विघटनको घोषणालगत्तै पुस १४ गते व्यापकरुपमा जनसहिभागितासहितको प्रदर्शन गरिएपनि त्यसयता उपत्यकाको आन्दोलन कमजोर बनेको स्थयी कमिटीका सदस्यहरुले बताएका छन् । बिहीबारको बैठकमा अधिकांश सदस्यहरुले उपत्यका केन्द्रित आन्दोलन प्रभावकारी नभएको बताएका थिए ।

पेरिसडाँडामा बस्ने आजको बैठकको थप कार्यक्रमको घोषणा गर्ने सम्भावना रहेको छ । सत्तारुढ दल नेकपामा सिर्जना भएको विवाद पार्टी फुटको अवस्थामा पुगेपछि तल्लो तहका कार्यकर्ता निराश बनेका छन् ।

तपाईको प्रतिक्रिया