काठमाडौँ, ४ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बहिर्गमित लडाकुको व्यवस्थापन आफूले गर्ने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घको दोस्रो बैठकमा सहभागी हुनुभएका प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले प्रचण्ड चटके भएको भन्नुहुँदै उहाँले जनयुद्धलाई आफू अनुकुल प्रयोगमात्रै गरेको बताउनुभयो । प्रचण्डले पार्टी कब्जा गर्नका लागि एकता गरेको अहिले प्रष्ट भएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले आफ्नो उद्देश्य पूरा नभएपछि पार्टी छाडेको आरोप लगाउनुभयो ।
प्रचण्डले जनयुद्धलाई बिर्सिसकेको भन्नुहुँदे ओलीले जनयुद्धबाट पीडामा रहेका र बहिर्गमनमा परेका सबै लडाकुको अब व्यवस्थापन गर्ने तर्फ आफू अग्रसर रहेको बताउनुभयो ।