जबजको सिद्धान्त त्याग्ने पहिलो नेता ओली नै हो : अध्यक्ष प्रचण्ड

Halesi Khabar
0 Shares

काठमाडौँ, ५ माघ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन भण्डारीको जबजको सिद्धान्त त्याग्ने पहिलो नेता केपी ओली भएको आरोप लगाउनुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेम)को कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाउनुभएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले सबैकुरा त्याग्ने सहमतिमा हस्ताक्षर गरेर जबज त्यागेर अगाडि बढिसकेपछि अहिले ओलीले एउटा फाउण्डेसनको नाममा त्यही कुरा गर्दै हिँडेको बताउनुभयो । ओलीले त्यो बेला गरेको हस्ताक्षर र सहमति सबै किर्ते भएको अहिलेको उसको गतिविधिले प्रष्ट पारेको उहाँले बताउनुभयो ।

ओलीले पार्टी एकताको बेला भएको सहमतिलाई इमान्दारसँग पालना गरेको भए केही समस्या नभएको उहाँले बताउनुभयो । ओलीले विधि र पद्धतिलाई मानेको भए अहिलेको यो समस्या नआउने बताउनुभयो ।

आफूले केही आत्मा समिक्षा र पार्टी फुट्ला भन्ने डरले आफूले ओलीले भनेको सबैकुरा मान्दै जानु आफूले गल्ती गरेको बताउनुभएको छ । पार्टी एकता गर्दा आफूहरुले एउटा विचार, विधि, पद्धति, कार्यदिशा बनाएर अगाडि बढेको बताउनुभयो ।

प्रचण्डले अहिले नेकपाभित्र भएको विवाद व्यक्तिगत नभएको पनि बताउनुभयो । उहाँले अहिलेको असहमति र अन्तसङ्घर्ष विचार र विधिमा भएको बताउनुभयो ।

राजनीतिक प्रतिवेदन पार्टी एकताको आधार भएको उहाँले बताउनुभयो । उहाँले अहिले कोही र गलत भन्ने कसी पार्टी नभएको र त्यस दिशातिर जान पनि नहुने उहाँको भनाइ छ ।

अहिले आफूहरुको सङ्घर्ष भनेको त्यही प्रतिवेदनअनुसार पार्टी चल्न पर्ने बताउनुभयो । त्यसको विरोध गरेर ओलीले पार्टी फुटाएको पनि आरोप लगाउनुभयो । ओलीले विधि र पद्धतिलाई ठाडै अस्वीकार गर्ने प्रवृति भएकोले यस्तो समस्या भएको पनि बताउनुभयो ।

अहिलेको अवस्थामा प्रचण्ड ठीक कि ओली ठीक भनेर छुट्याउनको लागि पार्टी एकता हुँदा तयार भएको राजनीतिक प्रतिवेदन र पार्टीको विधान पढ्न सबैलाई आग्रह गर्नुभयो । अहिलेको परिस्थिति सामान्य छैन । यो परिस्थिति गम्भीर रहेको छ । अहिलेको माधव र आफू बीचमा प्रष्ट रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया