बालुवाटारमा बुझायो प्रचण्ड–नेपाल पक्षले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र

Halesi Khabar
0 Shares

काठमाडौँ, ५ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएको छ । माघ २ गते बसेको उक्त समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीलाई पार्टी सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

बैठकको निर्णय अनुसार स्पष्टीकरण सोधिएको पत्र बुझाउन स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्रीको सरकारी निवास छिर्ने गेटबाट नै आफूहरुले पत्र बुझाएर फर्केको ढकालले बताउनुभयो ।

“हामी त्यहाँ पुग्यौँ र यस्तो खालको पत्र बुझाउन आएका हौ भन्यौँ । गेटमा बस्ने सुरक्षाकर्मीलेभित्र सोध्नुभयो पत्र बुझ्न के गर्ने भनेर । भित्रबाट बुझ्नुस् भन्ने आदेश आएपछि पत्र त्यहि बुझाएर फर्कियौँ”, ढकालले भन्नुभयो । कान्तिपुर अनलाइनमा खबर छ ।

तपाईको प्रतिक्रिया