विराटनगर, ६ माघ । प्रदेश नम्बर–१ मा नेपाली काँग्रेस संसदीय दलको बैठक शुरु भएको छ । सरकारविरुद्ध परेको अविश्वासको प्रस्ताव र संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बैठक शुरु भएको हो ।
सरकारमा सामेल हुने वा नहुने अथवा तटस्थ बस्ने भन्ने निर्धारण गर्न दलको बैठक बसेको प्रमुख सचेतक केदार कार्कीले बताउनुभयो । यसबारे बैठकमा छलफल हुने उहाँको भनाइ छ ।
यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक पनि आज विराटनगरमा बस्दैछ । बैठक भने होटल एसिया टिकमा बस्ने जनाइएको छ ।
नेकपा ओली समूह दलको बैठक भने भोलि बस्दैछ । मुख्यमन्त्री शेरधन राईविरुद्ध पार्टीभित्रैबाट अविश्वासको प्रस्तावप पेश भएपछि एक नम्बर प्रदेश सरकार सङ्कटमा परेको छ ।