रुकुमपश्चिम, ६ माघ । राडी बजारमा काँग्रेस र नेकपा (प्रचण्ड–माधव) समूहका कार्यकर्ताबीच झडप भएको छ । दिनभरजसो झडप भएपछि अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
आठबीसकोट नगरपालिकाको ९ नम्बर वडा राडीबजारमा नेकपा र काँग्रेस कार्यकर्ताबीच दिनभर झडप हुँदा तनावको स्थिति सिर्जना भएको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले चार किल्ला तोकेर निषेधाज्ञा आदेश जारी गर्नुभएको छ ।
पूर्वमा घारीखोला, पश्चिमा ठूलीभेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजे क्षेत्रबाट राडीबजार प्रवेशमा रोक लगाएको छ । मङ्गलबार दिनभर राडी बजार क्षेत्रमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले नौँ राउण्ड हवाई फायर गरेका थिए ।