काठमाडौँ, ७ माघ । प्रतिनिधसभा विघटनकाविरुद्धमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव समूह, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टीलगायत अन्य राजनीतिक दलका साथै नागरिक अगुवाहरु आन्दोलनमा उत्रिएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौँस्थित सडकमा नमूना संसदको अभ्यास गरिएको छ ।
नेपाल टिन लिडर्सको आयोजनामा काठमाडौंका भृकुटिमण्डपस्थित सडकमै प्रतिनिधिसभा बैठक विघटनको विरोधस्वरुप राष्ट्रियसभा बैठकको नमूना बैठक प्रदर्शन गरिएको हो । सडकमा राष्ट्रियसभा बैठक बसी संसद विघटनविरुद्ध सांकेतिक विरोध गरिएको आयोजकले जनाएको छ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनका लागि वैशख १७ र २७ गते चुनावको मिति तोक्नुभएको थियो । संसद विघटनको मुद्दाका विषयमा सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ ।