बाहिरी कुराले हामी प्रभावित हुन्नौँ : प्रधानन्यायाधीश जबरा

Halesi Khabar
0 Shares

काठमाडौँ, ७ माघ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संसद विघटनका विषयमा दलहरुले गरिरहेका गतिविधिबाट अदालत प्रभावित नहुने बताउनुभएको छ । संसद विघटनविरुद्धको मुद्दामा बुधबारको सुनुवाइमा रिट निवेदकले उठाएको प्रश्नमा प्रधानन्यायाधीश जबराले बाहिरको कुराले आफूहरु प्रभावित नहुने बताउनुभएको हो ।

रिट निवेदक कन्चन कृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा संसद पुनः स्थापना हुँदैन भनिरहेको बताउनुभयो । “कार्यपालिका प्रमुखले शक्तीपृथकीकरणको सिद्धान्त विपरीत बोल्न हुदैन । उहाँले अदालतको कार्यक्षेत्रमा हस्तक्षेप गरिरहनुभएको छ”, न्यौपानेले भन्नुभयो ।

उहाँलाई रोक्दै प्रधानन्यायाधीश जबराले भन्नुभयो, “बाहिरको कुराले तपाइँ प्रभावित हुनुहुन्छ ? हुनुहुन्न भने हामी पनि हुन्नौँ ।” प्रधानमन्त्री ओलीमाथि सर्वोच्च अदालतसँग मिलेमतो गरेर संसद विघटन गरेको आरोप लाग्दै आएको छ ।

तपाईको प्रतिक्रिया