ओली पक्षीय प्रेस सङ्गठनको भेला शुरु, प्रधानमन्त्रीसहित ६ मन्त्रीको सम्बोधन

Halesi Khabar
0 Shares

काठमाडौँ, ८ माघ । नेकपा ओली समूहका प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेला आज काठमाडौंमा शुरु भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा हुने भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित ६ जना मन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

सो कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, उर्जामन्त्री टोपबहादुर रायमाझी, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, सञ्चारमन्त्री पार्वत गुरुङ र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा उपस्थित हुने आयोजकले जानकारी दिएको छ ।

दुई दिनअघि प्रचण्ड–माधव समूहले राष्ट्रिय भेलाको आयोजना गरिसकेका छन् । उक्त भेलामा अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्वोधन गर्नुभएको थियो ।

 

 

तपाईको प्रतिक्रिया