प्रचण्डलाई ओलीको प्रश्न : ‘योद्धाहरुको छोराछोरी छैनन्, तपाईँका मात्रै हुन् ?

Halesi Khabar
0 Shares

काठमाडौँ, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका पुष्पकमल दाहाल आफन्तको मोहमा फसेको भन्दै जनताका छोरोछोरीको विषयमा नसोचेको बताउनुभयो । प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो ।

ओलीका सन्तान नभएकाले अरुलाई आरोप लगाएको भन्ने कमेन्टहरु आफूले सुनेको भन्दै ओलीले प्रचण्डलाई योद्धाहरुको छोराछोरीका विषयमा किन नसोचेको भन्दै प्रश्न गर्नुभएको छ । आफ्नो बुहारीलाई मन्त्री बनाउँदा, छोरीलाई मतपत्र च्यातेर मेयर बनाउँदा योद्धाहरुको छोराछोरीको विषयमा किन नसोचेको भन्दै प्रश्न गर्नुभएको छ ।

आफूले जनताका छोराछोरीलाई आफ्नो सन्तान मानेकाले उनीहरुको चिन्ता भएको बताउनुभयो । अहिले पुष्पकमल दाहाल र माधव कुमार नेपालबीच देखिएको प्रेम सिनेमा जस्तो भएको ओलीले बताउनुभयो ।

अहिले दृश्यमा सबै खालका मसलाहरुको प्रयोग भएको तर खासमा केही हुँदै नभएको सिनेमा जस्तै सम्बन्धमा उनीहरु रहेको ओलीको टिप्पणी छ ।

तपाईको प्रतिक्रिया