काठमाडौँ, ८ माघ । संसद विघटनविरुद्धको रिटको सुनुवाइ गरिरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटनको विषयमा राजपत्रमा प्रकाशित सूचना माग गरेको छ । बिहीबारको सुनुवाइमा सूचना मागिएको हो ।
बिहीबारको इजलासमा संसद विघटनको सूचना नेपाल राजपत्रमा प्रकाशननै नभएको विषय उठान भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सूचना माग गर्नुभएको छ । यसअघि बहसमा सहभागी अभिवक्ताहरु ओमप्रकाश अर्याल र टिकाराम भट्टराईले यस विषयको उठान गर्नुभएको थियो ।
अधिवक्तारुले संसद विघटन गरिएको सूचना राजपत्रमा प्रकाशितनै नभएको दावी गर्दै आएका छन् । संसद विघटनको विषय सर्वोच्चमा पुगेपछि सबैको ध्यान त्यसैतिर केन्द्रित भएको छ ।