सुर्खेत, ८ माघ । सत्तारुढ नेकपा प्रचण्ड(माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्यबाटै हटाउने घोषणा गर्नुभएको छ । पार्टीको विरोधसभालाई सम्बोधन गर्न सुर्खेत पुग्नुभएका अध्यक्ष नेपालले विरेन्द्रनगरको सभालाई सम्बोधन गर्दै ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि आजैको मितिदेखि हटाउने घोषणा गर्नुभयो ।
पूर्व एमालेमा ओली घाँडो भएको भन्नुहुँदै अध्यक्ष नेपालले अहिले एकीकरणपछिको पार्टीमा पनि ओलीनै घाँडो भएको बताउनुभयो । अब ओलीलाई पार्टीबाट पन्छाएर नयाँ अभियानमा आफूहरु रहेको उहाँले बताउनुभयो ।