काठमाडौँ, ८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट पत्रकार सङ्गठन प्रेस सङ्गठन नेपालले संयोजकबाट महेश्वर दाहाललाई पदबाट हटाएको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा आज भएको सङ्गठनको भेलाले दाहाललाई हटाएर यसअघि सहसंयोजक रहनुभएका गणेश बस्नेतलाई संयोजक तोकेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षको भेलाले संयोजकबाट प्रचण्ड–माधव पक्षका दाहाललाई हटाएर ओली पक्षका बस्नेतलाई संयोजक घोषणा गरेको हो । संयोजक बस्नेत तत्कालीन प्रेस चौतारी नेपालका अध्यक्ष हुनुहुन्छ ।