काठमाडौँ, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार छाडेर सडकमा उत्रिएका पूर्वमन्त्रीहरुलाई जबर्जस्ती बोकाइएको टिप्पणी गर्नुभएको छ । सरकारमा आफूले राम्रो मन्त्री ल्याउन चाहेको भएपनि ती मन्त्रीहरुलाई बोकाइएको बताउनुभयो ।
पेशागत जिल्ला कमिटीको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारमा आफूले चाहेको र काम गर्नसक्ने व्यक्ति लान नपाएकोले काम भनेजस्तो नभएको बताउनुभयो । अब उनीहरु निस्किएकाले काम गर्नसक्ने मन्त्रीहरु आएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकार छाडेका सातजना मन्त्रीलाई निकम्माको संद्दा दिनुभयो । उहाँले भन्नुभयो, ‘एकजना मन्त्री थिए, अहिले सडकमा गएर मलाई घुडा नटेकाएसम्म आन्दोलन छाड्दैनौँ भन्दै रहेछन् । मल मन्त्री, उनी रहुन्जेल एक बोरा मल आएन । अब आउँछ ।’