कञ्चनपुर, १० माघ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी वैशाखमा चुनाव नहुने बताएका छन् । मुलुकमा अस्थिर राजनीतिक अवस्था रहेकाले चुनाव तोकिएको मितिमा हुनै नसक्ने उहाँको भनाइ छ ।
महेन्द्रनगर पुगेका कोइरालाले पत्रकाहरुसँग कुरा गर्दै अहिलेको अवस्थामा वैशाखमा चुनाव हुनै नसक्ने दावी गर्नुभयो । अहिले सत्तारुढ दलमा विभाजन देखिएको र अन्यौलता बढेको अवस्थामा आधिकारिकता टुङ्गो नालागी चुनाव नहुने उहाँको मत थियो ।
अहिले नेकपामा आधिकारिकता र चुनाव चिन्हको विवाद रहेकाले यो विषय नटुङ्गिएसम्म चुनावको वातावरण नहुने कोइरालाको भनाइ छ । उहाँले अहिले काँग्रेसको प्रहिलो प्राथमिकता संसद पुनःस्थापनानै रहेको पनि प्रष्ट पार्नुभयो ।