काठमाडौँ, १० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमाण्डरहरुसँग सामूहिक भेट गर्नुभएको छ । विभाजित नेकपाको ओली समूहका अध्यक्षसमेत रहनुभएका ओलीले समस्याको वास्तविक समाधान गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
जनयुद्धमा गरेको त्याग, योगदान र बलिदानप्रति सम्मान व्यक्त गर्दै ओलीले कमाण्डरहरूलाई नेतृत्वबाट विगतमा जस्तो धोका नहुने विश्वास दिलाउनुभएको छ । उहाँले सबै समस्याको हल आफूले गर्ने बताउनुभयो ।