चिकित्सा शिक्षा आयोगलाई प्रधानमन्त्रीको निर्देशन : ‘एमबिबिएस अध्ययन शुल्क घटाउनु’

Halesi Khabar
0 Shares

काठमाडौँ, १० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमबिबिएस अध्ययन शुल्क घटाउन निर्देशन दिनुभएको छ । चिकित्सा शिक्षा आयोगको ५औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शुल्क घटाउन निर्देशन दिनुभएको हो ।

यसअघि, आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले एमबिबिएस कार्यक्रममा ८ लाख रुपैयाँ शुल्क बढाउनका लागि सिफारिस गरेका थियो । यसअघि ४० लाख २३ हजार २ सय ५० रुपैयाँ रहेको शुल्क बढाएर ४८ लाख पुर्याउन कार्यदलको सुझाव थियो ।

तर, प्रधानमन्त्री ओलीले अहिले कोरोना महामारीका कारण पुरानै शुल्कसमेत बढी देखिएको अवस्थामा थप शुल्क बढाउने सिफारिसअनुसार शुल्क नबढाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीको निर्देशनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले पनि सहमति जनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया