प्रधानमन्त्रि केपी शर्मा ओलिले संसद बिघटनको प्रस्ताब गरे पछि नेकपामा ओलि खेमा र प्रचण्ड –नेपाल खेमा दुई गुटमा बिभाजन भएको छ । देशभर आ–आफ्नो पक्षमा कार्यकर्ता तानातानको अबस्था भएको बेला खोटाङमा भने ओलि पक्षले पार्टी, जनबर्गिय संगठन र स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिमा अत्याधिक बहुमतमा रहेको दाबी गरेको छ । यसको सिनारियो शनिवार समिक्षालयको हलमा भएको स्थानिय तहका जनप्रतिनिधिहरूको भेलाले प्रष्ट देखाएको छ । जिल्ला समन्वय उप–प्रमुख गोमादेबी खत्रिको अगुवाईमा बहुमत समन्वय सदस्यहरू खुलेर ओलि पक्षमा लागेका छन् । भने प्रमुख बवि चाम्लिङ समन्वयमा एक्लोे भएका छन् ।
यता १० स्थानिय तह रहेको खोटाङमा साविक एमालेबाट निर्वाचित ९५ प्रतिशत भन्दा बढि जनप्रतिनिधि ओलि पक्षमा खुलेर लागेका छन् । पुर्ब एमालेबाट निर्वाचित मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्ष गरि १२ जना निर्वाचित मध्ये ११ जना ओलिको पक्षमा उभिएका छन्, भने एकजना केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई भने प्रचण्ड माधब पक्षमा लागेका छन् ।
दिक्तेल नगरपालिकाका मेयर दिपनारायण रिजाल, उप–मेयर विणादेबी राई, रावा बेसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौला,उपाध्यक्ष समला राई,जंतेढुगां गाउँपालिका अध्यक्ष शंकरबहादुर राई, उपाध्यक्ष बिमला राई, खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदिप राई, उपाध्यक्ष कविता राई, केपीलासगढी गाउँपालिका उपाध्यक्ष हिराकुमारी बन, बराहपोखरी गाउँपालिका उपाध्यक्ष गोमा मगर र ऐसेलुखर्क गाउँपालिका उपाध्यक्ष पुष्पकला भुजेल खुलेर राष्ट्रबादी नेता ओलि भन्दै कित्ता क्लियर गरेर ओलि पक्षमा लागेका छन् । स्थानिय तहको निर्वाचनमा पुर्व माओबादिबाट अध्यक्ष उपाध्यक्षमा जम्मा एकजना मात्र अध्यक्ष जितेर माओबादीको साख जोगाएका साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का भने प्रचण्ड माधब पक्षमा खुलेर लागेका छन् ।
यता ७९ वडा रहेको खोटाङमा पुर्व एमालेबाट ३६ वडा अध्यक्ष स्थानिय तहमा निर्बाचित भएका थिए । निर्वाचित ३६ मध्ये ३० जना खुलेर केपी ओलि पक्षमा लागेका छन् । यता ६ जना भने कतै खुलेका छैनन् । उनिहरु सुर्य चिन्नह कता हुन्छ त्यतै लाग्ने भनेर बसेका छन् । यस्तै साविक माओवादिले १३ जना वडा अध्यक्ष जितेका थिए तिमध्ये कुनै पनि ओलि पक्षमा लागेका छैनन् ।
यस्तै बहुसंख्यक वडा सदस्यहरू ओलि पक्षमा रहेको छन् । शनिवार भएको कार्यक्रमा जनप्रतिनिधिहरूको उत्साह जनक भेलाले नेकपा सत प्रतिशत एकठाउँ रहेको झल्को दिएको नेकपा खोटाङ जिल्ला ईन्चार्ज विशाल भट्टराईले बताउनु भएको छ । प्रमुख अतिथिको रूपमा बोल्दै उहाँले भन्नू भयो, यो पार्टी फुटेको छैन त्यसकारण एमाले माओबादी नभनि मुलधारमा समाहित हुन म साथिहरूलाई आग्रह गर्दछु । म जिल्ला ईन्चार्ज हँु उहाँले भन्नु भयो, धोका र झुटो अस्वाशन दिने चलन हाम्रो छैन, त्यसकारण आफै बुझेर सहि ठाउँ लाग्न सुझाब दिन्छौ ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा जन साँस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई, नेकपा केन्द्रीय सदस्य हरि पोखरेल, संविधान सभा सदस्य पिके राई (पाचँकर्ण), केन्द्रीय सदस्य देबबिक्रम राई, नेकपा खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, पार्टी नेता कुमार आचार्य,दिक्तेल नगरपालिकाका मेयर दिपनारायण रिजाल लगाएतले आ–आफ्नो धारणा राखेका थिए । भेलाले पालिका र ७९ वटा वडामा तत्काल संगठन विस्तार गरेर निर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको छ ।