संसद विघटन प्रकरण : सूचना प्रकाशित राजपत्रको आधिकारिकता जाँच्नका लागि सर्वोच्चमा निवेदन

Halesi Khabar
0 Shares

काठमाडौँ, ११ माघ । सरकारले गरेको प्रतिनिधि सभा विघटनको सूचना छापिएको राजपत्रमाथिनै शंका उत्पन्न भएको छ । उक्त राजपत्रको आधिकारिकता जाँच गर्नका लागि सर्वोच्च अदालतमा निवेदन परेको छ ।

संसद विघटनविरुद्ध सर्वोच्चमा रिट हालेका सत्तारुढ नेकपाको प्रचण्डमाधव समूहका नेताहरु देव गुरुङ, रामकुमारी झाँक्री, शशि श्रेष्ठ तथा कृष्णभक्त पोखरेललगायतका नेताले सर्वोच्चको संवैधानिक इजलासमा निवेदन दिनुभएको हो ।

यसअघिको संवैधानिक इजलासमा राजपत्रमा सूचना प्रकाशन भएको विषयमा विवाद भएपछि इजलासले राजपत्रको सूचना मगाएको थियो । गत शुक्रबार महान्यायाधिवक्ता अग्नि खरेलले राजपत्र इजलासमा पेस गर्नुभएको थियो ।

गत पुस ५ गतेकै मितिमा प्रकाशित भएको उक्त राजपत्र वेबसाइटमा भने शुक्रबार मात्रै राखिएको थियो । प्रकाशन मिति र वेबसाइटमा राखेको क्रम संख्यामा गढबढ भएपछि आधिकारिकता जाँच्नका लागि निवेदन परेको हो ।

तपाईको प्रतिक्रिया