ओली समूहको जनसभा काउण्टर जवाफ नभइ स्थिरताका लागि हो : ईश्वर पोखरेल

Halesi Khabar
0 Shares

काठमाडौँ, १२ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा राजनीतिक विभाजन देखिएसँगै अलगअलग कार्यक्रमहरु भइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा र पुष्पकमल दाहाल तथा माधव कुमार नेपालको अर्को समूहले कार्यक्रमहरु गरिरहेको छ ।

नेकपाको प्रचण्ड(माधव समूहले गत पुस ९ गते काठमाडौंमा सरकारको कदमको विरुद्धमा विरोधसभा आयोजना गरेको थियो । त्यसैदिन प्रधानमन्त्री ओलीले आमसभा कस्तो हुन्छ माघ २३ गते देखाइदिने बताउनुभएको थियो ।

आज सोमबार नेकपाको ओली समूहले पार्टी मुख्यालय धुम्बाराहीबाट माघ २३ गतेको विरोधसभाको कार्यक्रम सूची सार्वजनिक गरेको छ । उक्त समारोहमा बोल्दै उपप्रधानमन्त्री तथा ओली समूहका नेता ईश्वर पोखरेलले आफुहरुको जनसभा काउण्टर सभा नभएको बताउनुभएको छ ।

पोखरेलले आफूहरुको सभा राजनीतिक स्थिरता र देशको हितमा भएको बताउनुभएको छ । उहाँले पार्टीलाई कसैले चाँहदैमा फुटाउन नसक्ने भन्दै आफूहरुको विचारकै समर्थनमा निर्वाचन आयोगको निर्णय आएको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया