काठमाडौँ, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अबको तीन महिनामाभित्र सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने बताउनु्भएको छ । देशव्यापी खोप अभियानको सुरुवात गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले आजदेखि अथियान शुरु भएको र अबको तीन महिनामा सबै नेपालीलाई कोरोनाविरुद्धको निःशुल्क खोप लगाउने बताउनुभयो । खोप सबैभन्दा महत्वपूर्ण भएपनि खोप सँगसँगै अन्य स्वास्थ्य सुरक्षा मापदण्ड पनि पालना गरिरहनु पर्ने ओलीले बताउनुभएको छ ।
खोप अभियानको सुरुवात गर्दै ओलीले कोभिडले विश्वव्यापी रुपमा हाम्रो सम्यतालाई विकास गरेको पनि बताउनुभयो । नेपालसहित एसियाली मुलुकमा सीमित रहेको नमस्तेले अहिले विश्वमा आफ्नो स्थान बनाएको पनि उहाँले बताउनुभयो ।
ओलीले अब विश्वभर ह्याण्डसेकलाई बाइबाई गरेर नमस्ते गर्ने अभियान सुरु भएको भन्दै कोरोना सुरक्षामा ध्यान दिनु सबैभन्दा बढी आवश्यक रहेको बताउनुभएको छ ।