काठमाडौँ, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहका संसदहरु आज धर्नामा बसेका छन् । माइतीघर मण्डलामा उनीहरु धर्नामा बसेका हुन् ।
संसद विघटन गर्न पाइँदैन, निरकुंशतन्त्र चाहिँदैन लगायतको प्लेकार्ड बोकेर उनीहरु धर्नामा बसेका हुन् । गत पुस ५ गते सरकारले संसद विघटन गरेपछि अहिले सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित भएको छ ।
प्रचण्ड–माधव समूहले ओलीको यो कदमलाई प्रतिगामी र असंवैधानिक कदम भएको भन्दै विरोध गर्दै आएको छ । विरोध कार्यक्रमको तेस्रो चरणअन्तर्गत आज उनीहरु धर्नामा बसेका हुन् ।