हलेसी खबर
खोटाङ, १४ माघ । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते पतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनि विभाजन भएको छ । औपचारिक हिसाबले नाम फरक नभएपनि एउटै पार्टीभित्र दुई समूहले छुट्टाछुट्टै गतिविधिहरु सञ्चालन गरिरहेका छन् ।
पार्टीको नाम र चुनाव चिन्हको विवाद रहेपनि औपचारिक हिसाबले फुटेको नेकपाको खोटाङ जिल्लाका जनप्रतिनिधिहरु समेत दुई खेमामा विभाजित भएका छन् । जम्मा १० वटा स्थानीय तह रहेको जिल्लामा नेकपाको १ जना प्रतिनिधिसभा सदस्य, ३ जना प्रदेश सभा सदस्य रहेका छन् । जम्मा नेकपाको नेतृत्वमा ६ वटा स्थानीय रहेको छ । ७९ वटा वडा रहेको खोटाङमा नेकपाको नेतृत्व ५० वटा वडामा छ । यसमध्यै अहिलेसम्मको तथ्याङक हेर्दा २९ जना वडाध्याक्ष प्रचण्ड–नेपालको समूहमा रहेको श्रोतले खुलायो । २१ जना वडाध्याक्षहरु भने ओली समूहमा रहेका छन् ।
खोटाङ जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई नेकपाको ओली समूहमा छन् । यस्तै खोटाङबाट प्रदेश सभा सदस्य सासंदहरु राजन राई, रामकुमार राई पासाङ र उषाकला राई भने नेकपाको प्रचण्ड–नेपाल समूहमा खुलेर लागेका छन् ।
यस्तै स्थानीय तहका जनप्रतिनिधिहरुले समेत आफ्नो कित्ता छुट्ट्याइसकेका छन् । केपिलासगढी गाउँपालिकाका प्रमुख कृष्णकुमार राई प्रचण्ड–नेपालको समूहमा रहेका छन् । भने उप–प्रमुख हिराकुमारी वन भने ओलि समूहमा लागेकी छन् । जम्मा ७ वटा वडा रहेको यस गाउँपालिकामा वडा नम्बर १ फेदीका वडाध्याक्ष वीरबहादुर तामाङ प्रचण्ड–नेपाल समुहमा रहेकाछन् भने क्रमश वडा नम्बर ३ बासपानीका वडाध्याक्ष खगेन्द्र गुरुङ, वडा नम्बर ६ दिप्सुङका वडाध्याक्ष अशोककुमार राई र वडा नम्बर ७ सुङदेलका वडाध्याक्ष तेजकुमार राई प्रचण्ड–नेपालको समूहमा रहेका छन् । वडा नम्बर ५ सप्तेश्वरका वडाध्याक्ष खगेन्द्र राई भने ओली समूहमा रहेका छन् ।
यस्तै ऐसेलुखर्क गाउँपालिका उपप्रमुख पुष्पकला भुजेल र वडा नम्बर ७ माक्पाका वडाध्याक्ष फुलकमल राई ओली समूह रहेका छन् भने बाँकी वडा नम्बर १ राखाका वडाध्याक्ष झनकुमार राई, वडा नम्बर ४ जलेश्वरीका वडाध्याक्ष नैनकुमार राई, वडा नम्बर ५ का वडाध्याक्ष दिलकुमार राई र वडा नम्बर ६ ज्यामिरेका वडाध्याक्ष मिनबहादुर राई प्रचण्ड–नेपाल समूहमा खुलेर लागेका छन् ।
यस्तै रावाबेँसी गाउँपालिकाको प्रमुख लिलानाथ निरौला र उपप्रमुख समला राई वडा नम्बर ६ हौँचुरका वडाध्याक्ष यज्ञनारायण श्रेष्ठ ओलि समूहमा लागेका छन् । यस्तै वडा नम्बर १ कुभिण्डेका वडाध्याक्ष लिलानारायण श्रेष्ठ र वडा नम्बर ५ दुवेकोलका वडा अध्यक्ष गणेशबहादुर मगर प्रचण्ड–नेपाल पक्षमा देखिएका छन् ।
हलेसी तुवाचुङ नगरपालिकामा वडा नम्बर २ का वडाध्याक्ष हरी खड्का, वडा नम्बर ३ का वडाध्याक्ष भलाराज राई, वडा नम्बर ७ का चईन्द्र राई प्रचण्ड–नेपाल समूहमा रहेका छन् । वडा नम्बर ५ का वडाध्याक्ष रमेश तिवारी ओलि समूहमा उभिएका छन् ।
यसैगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवि राई ओली समूहमा लागेका छन् । यस्तै वडा नम्बर २ का वडाध्याक्ष हर्क खत्री, वडा नम्बर ८ का वडाध्याक्ष लिला चौहान, वडा नम्बर ९ हर्कराज राई, वडा नम्बर १४ का दिनेशकुमार राई, वडा नम्बर १५ का वीरेन्द्र ढकालपनि ओली समूहमा लागेका छन् । भने वडा नम्बर ६ नेर्पाका माधव राई वडा नम्बर ४ का डिल्ली राई, वडा नम्बर १२ का विकास राई, र वडा नम्बर १३ का भिम राई प्रचण्ड–नेपाल समूहको कित्तामा रहेका छन् ।
साकेला गाउँपालिकाका प्रमुख अर्जुन खड्का, वडा अध्यक्षहरु शिवकला राई, उन्नत राई र वीरबल राई प्रचण्ड– नेपाल समूहमा रहेका छन् । यस पालिकामा ओली समूहको जनप्रतिनिधीहरुको नेतृत्व शुन्य रहेको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुख उपप्रमुख नेपाली कांग्रेसले जितेको हो । यसमा पालिकाको ४ वटा वडामा नेकपाको वडाध्याक्ष रहेकोमा वडा नम्बर २ का वडाध्याक्ष भीम खत्री र वडा नम्बर ४ का लोकेन्द्र राई ओली समूहमा लागेका छन् । यस्तै वडा नम्बर ६ का मिलन राई प्रचण्ड–नेपाल समूहमा रहेका छन् ।
खोटेहाङ गाउँपालिकामा ओली समूहमा गाउँपालिका प्रमुख र उप प्रमुख क्रमश प्रदिप राई र कविता राई लागेका छन् । वडाध्याक्षहरुमा खड्गबहादुर कार्की, राजकुमार राई, कृतन राई, देविन्द्र राई, शिवप्रसाद फुयल र गोपिकृष्ण राई समेत ओलीको पक्षमा लागेका छन् । वडा नम्बर २ वाप्लुखाका वडाध्याक्ष दिपेन राई र वडा नम्बर ५ चिप्रिङका वडाध्याक्ष किरण राई भने प्रचण्ड–नेपाल समूहमा रहेका छन् ।
जन्तेढुङ्गा गाउँपालिकाको प्रमुख शंखरबहादुर राई र उपप्रमुख विमला राई ओली समुहमा देखिएका छन् । यसैगरी ओली समूहमा गणेश विष्ट, विदुरमान राई र शुकदेव राई लागेका छन् । वडा नम्बर १ देविस्थानका केदारमान राई, वडा नम्बर ३ काहुलेका चन्द्रकुमार राई भने प्रचण्ड–नेपाल समूहमा रहेका छन् ।
बाराहापोखरी गाउँपालिकाका उपप्रमुख गोमादेवि मगर वडाध्याक्षद्धय टंककुमार मगर र दिलबहादुर राई ओली समुहमा खुलेका छन् भने वडानम्बर ४ फाक्टाङका वडाध्याक्ष भुवलराज राई, वडा नम्बर ५ पौवासेरा फौदराज राई र वडा नम्बर ६ मौवाबोटेका दुर्गा बहादुर राई प्रचण्ड समुहमा रहेका छन् ।