सभामुख सापकोटाले संघीय संसदको अधिकार ‘दुरुपयोग’ गरेको तिमल्सिनाको ठहर

Halesi Khabar
0 Shares

काठमाडौं– संसदीय सुनुवाईका लागि संवैधानिक परिषदले नियुक्त गरेका विभिन्न आयोगका अधिकारी सम्बन्धीको निर्णय फिर्तामा प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटाले संघीय संसदको अधिकारको दुरुपयोग गरेको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सांकेतिक ठहर गरेका छन्।

आइतबार सापकोटाले संघीय संसदको लेटरहेडमा परिषदले गरेका निर्णयमा आफू सहभागी नभएको भन्दै सुनुवाई हुन नसक्ने भनी फिर्ता गरेका थिए। तर, सोमबार पत्रकार सम्मेलन गरी तिमल्सिनाले संघीय संसदको सुनुवाई समितिमा राष्ट्रिय सभाको पनि प्रतिनिधित्व हुने र त्यसमा आफूलाई जानकारी नै नदिई सापकोटाले गरेको निर्णय मान्य नहुने बताएका छन्।

‘हिजोको पत्रमा राष्ट्रियसभा नै छैन जस्तो भाषा प्रयोग हुँदा मैले आपत्ति जनाउनु परेको हो, संघीय संसदमा राष्ट्रिय सभाको हैसियत पनि उत्तिकै हुन्छ’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना सहभागी भएको त्यो बैठकमा नियुक्ति सिफारिस गरेका थिए।

तपाईको प्रतिक्रिया