नेकपा प्रचण्ड–नेपाल समूहले खोटाङमा ग¥यो सडकमै बसेर हड्ताल

Halesi Khabar
0 Shares

खोटाङ, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल समूह) खोटाङले सडकमा बसेर हड्ताल गरेका छन् । प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक एवम् गैर–कानूनीढंगले संवैधानिक अंगका पदाधिकारी एवं सदस्यहरुलाई नियुक्त गरेको बिरोधमा नेपाल कम्यूनिष्ट पार्टी (प्रचण्ड–नेपाल समुह)ले बिहिबार पध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेलको किरातचोक (रत्नपार्क)मा सडकमै बेञ्च राखेर र गुन्द्री ओछ्याएर बसेर हड्ताल गरेका हुन् ।

पार्टीको केन्द्रीय सर्कुलर अनुसार हड्ताल सफल बनाउन प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्ता सडकमा बसेपछि फाट्ट–फुट्ट मात्रामा ओहोर दोहोर गरिरहेका सवारी साधन आवागमन ठप्प भएको थियो । प्रदेश कमिटि सदस्य तथा जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ, जिल्ला अध्यक्ष देवान किराती ‘पृथ्वी’, कार्यालय सदस्य जलशेर राई, सचिवालय सदस्य भागवत घिमिरे, होमकाजी आचार्य ‘विनोद’, मनिषा राई, निशाना राई लगायतका नेता तथा कार्यकर्ताको टोलीले दिउँसो १ बजेदेखि ४ बजेसम्म सडक छेकेर बसेका थिए ।

प्रचण्ड–नेपाल समूहले आव्हान गरेको हड्तालको प्रभाव जिल्लाको यातायात, शैक्षिक संस्था र व्यापार–व्यवसायमा बढि परेको देखिएको छ । जसका कारण जनजीवनमा भने प्रत्यक्ष असर पुगेको छ ।

बिहान दिक्तेलबजारका होटल तथा पशल आंशिक रुपमा खुले पनि नेकपा (प्रचण्ड–नेपाल समूह)का नेता तथा कार्यकर्ताले बन्द आव्हान गर्दै हिँडेपछि हड्तालको अशर थप देखिएको थियो । अधिकांश होटल र पसलका ढोका बन्द गरिए भने कतिपय होटलको सटर र ढोका आधा खोलेको देखिएको थियो ।

यस्तै, हड्तालका कारण जिल्लामा दिनभर लामो तथा छोटो दुरीको सवारी साधन ठप्प बनेका छन् । सडक तथा बजारमा बाईक मात्र फाट्टफुट्ट कुदिरहेको देखिएको थियो ।

हड्तालको कारण निजी तथा सामुदायिक विद्यालयको पठन–पाठन रोकिनुका साथै परीक्षा एकदिन पछि सरेको छ । हड्तालका क्रममा अस्पताल, औषधि, एम्बूलेन्स जस्ता अत्यावश्यक सेवाहरुमा भने रोक नलगाइएको बन्दकर्ताले बताएका छन् ।

बन्दकाक्रममा कुनै पनि अप्रिय घट्ना नघटेको प्रहरीले जनाएको छ । सरकारले असंवैधानिक एवम् गैर–कानूनी ढङ्गले बल मिच्याइ गरेर संवैधानिक अङ्गका पदाधिकारी एवम् सदस्यहरुलाई बुधबार सपथ ग्रहण गराइएको बिरोधमा हड्तालको आयोजना गरिएको जिल्ला अध्यक्ष किराँतीले बताउनुभयो । प्रचण्ड–नेपाल समूहले देशभर एकैसाथ आव्हान गरेको हड्तालका क्रममा १५४ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

तपाईको प्रतिक्रिया