मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको ‘जू’मा बन्द गरिनेछ : गृहमन्त्री थापा

Halesi Khabar
0 Shares

काठमाडौँ, २३ माघ । गृहमन्त्री रामबहादुर थापा बादलले देशमा अशान्ति फैलाउने र मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जूमा बन्द गरिने बताउनुभयो । काठमाडौंमा ओली समूहको जनसभालाई सम्बोधन गर्दै बादलले यस्तो बताउनुभएको हो ।

देशमा भएको राजनीतिक विकास र स्थायित्व कायम गराउने समयमा सडकमा आएर मांसाहारी आन्दालनमा लागेकाहरुलाई जावलाखेलको चिडियाखानामा बन्द गरिने उहाँको भनाइ छ । गृहमन्त्री थापाले देशमा स्थायित्व, विकास र समृद्धिका लागि ताजा जनादेशमा जान लागेको समयमा अवसरवादीहरुको भ्रममा नपर्न आग्रह गरेका छन् ।

गृहमन्त्री थापाले आफूहरुले गणतन्त्रको रक्षाका लागि नारायणहिटीमा जनसभा गरिएको पनि दावी गर्नुभयो । कार्यक्रममा गृहमन्त्री थापा, प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया