उपप्रमुख पोखरेलले गरे नेपाल बन्दको निन्दा, भौतिक नोक्सानको क्षतिपूर्ति दिने घोषणा

Halesi Khabar
0 Shares

काठमाडौँ, २३ माघ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आधिकारिक हुने र सूर्य चिन्ह लिएर जनतामाझ जाने बताउनुभएको छ । उपप्रधानमन्त्री पोखरेलले आफूहरु आधिकारिक हुने र आगामी चुनावमा सूर्य चिन्ह लिएर जनतामा जाने दावी गर्नुभयो ।

नेकपा र सूर्य ओली नेतृत्वको रहेको भन्दै उनले आफूहरु जनताको पक्षमा संघर्षमा रहेको र रहने उहाँले बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले प्रचण्ड(माधव समूहले हिजो नेपाल बन्दको नाममा दिएको दुःखको निन्दा गर्नुभयो ।

उहाँले बन्दका क्रममा जलेको ट्याक्सीधनीलाई क्षतिपूर्ति गराउने बताउनुभयो । बन्दका क्रममा जलेको ट्याक्सीको भौतिक क्षतिको पूर्ति सरकारले गर्ने पोखरेलले घोषणा गर्नुभयो ।

तपाईको प्रतिक्रिया