प्रचण्ड–माधवलाई ओलीको जवाफ : नरभक्षी आन्दोलनका दिन गए, अब नेपाल अशान्तितर्फ जाँदैन

Halesi Khabar
0 Shares

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा नरभक्षी आन्दोलन कसैलाई गर्न नदिने र कसैले गर्न पनि नसक्ने बताउनुभयो । काठमाडौँको जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अब देशमा नरभक्षी आन्दोलनको कल्पना नगर्न चेतावनी दिँदै प्रधानमन्त्री ओलीले देशमा अशान्ति मच्चाउने प्रयास अब सैह्य नहुने बताउनुभयो । अहिले प्रचण्ड(माधव समूह मांसाहारी आन्दालनको पक्षपोषण गर्दै हिँडेकोमा उनले आपत्ति जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले देश विकास र प्रगतिको पथमा हिँडेको समयमा देशमा अशान्ति र अराजकता कुनैहालतमा सैह्य नभएको बताउनुभयो । सरकारले अहिले जनताका पक्षमा काम गरिरहेकाले अवरोधहरु भएको र पार्टी छाडेर केही नेताहरु हिँडेको पनि उहाँले बताउनुभयो ।

जनसभामा भएको उपस्थितिले आधिकारिक पार्टीको विवाद अब अन्त्य भएको र पार्टी छाडेर जानेहरुले आजको सभा हेरे पुग्ने ओलीले बताउनुभयो । उहाँले सरकारले जनताको अभिभाकत्वको दायित्व उठाएको भन्दै पार्टीले पनि जनताको पक्षमा काम गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया